काठमाडौं– लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा आइतबार एक वृद्धाको मृत्यु भएको छ ।
भक्तपुरको मध्युपुर ठिमी नगरपालिका बस्ने ८३ वर्षीया सावित्रादेवी मल्लको मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
डिएसपी पाठकका अनुसार उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन् ।
अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए । तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar