काठमाडौं– बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका–१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका छन् ।
निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले उनीहरुलाई गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar