काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड ५२ लाख ५ हजार रुपैयाँको कफी आयात भएको हो ।
सो रकम बापत १ लाख १९ हजार किलो बराबरको कफी आयात गरिएको हो । सरकारले सो बापत ६ करोड ७३ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कफी अस्ट्रेलिया, चीन, भारत, थाइल्यान्ड, भेइतनाम, जापान, मलेसिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
गत वर्ष सोही समयावधिमा ६४ हजार ६ सय किलो कफी आयात भएको थियो । सो बापत ४ करोड ९२ लाख ४१ हजार रुपैयाँको बाहिरिएको थियो । सरकारले २ करोड ५४ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar