काठमाडौं– कञ्चनपुरको लालझाडीमा एउटै पासोमा श्रीमान् श्रीमती नै झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै घरको कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीलेका अनुसार राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन । श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ ।
राना दम्पतिका तीन वर्षीय एक छोरा छन् । छोरा भने सकुशल छन् । राना दम्पति कैलालीको धनगढीमा ज्याला मजदुरीको काम गर्दै आएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar