काठमाडौं– काठमाडौं महानगरपालिकाले तिहारका लागि सयपत्री फूलको माला विक्री गर्ने ४ स्थान तोकेको छ ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको जानकारी दिए ।
महानगर प्रमुख बालेन शाहको निर्देशनमा ती स्थान तोकिएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
शनिबार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबीच राखिएको छलफलमा महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो जानकारी दिएका हुन् ।
नेपाल फ्लोरीकल्चयर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यो वर्ष अघिल्लो वर्षभन्दा धेरै सयपत्री फूल खेती भएको बताउँदै झन्डै २ सय विघाहा भन्दा बढी जमिनमा फूल लगाएको जानकारी दिए ।
यो वर्ष ८० प्रतिशत नेपाली सयपत्री फूलले धान्ने २० प्रतिशत जति नपुग हुने अनुमान गरेको भए पनि भारतबाट ठुलो मात्रामा फूल आयात अनुमति दिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar