काठमाडौं– दुई दिन अगाडी छातीमा गोली लागेका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत उनको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar