काठमाडौं– कोशी प्रदेशका सत्ता गठबन्धन दलहरूबिच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाको पटक पटक बसेको छलफलले उक्त सहमति गरेको हो ।
गठबन्धनबिच काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले र जसपाले १–१ मन्त्री पाउने गरी छलफल भएको छ । जसपाले भने यसअघि नै तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।
मुख्यमन्त्री केदार कार्कीले शुक्रबार पनि गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।
सरकारले मङ्सिर १६ गतेसम्ममा ल्याइसक्नुपर्ने बजेट अध्यादेश प्रतिस्थापन विधेयकको विषयमा पनि बैठकमा छलफल भएको थियो । उक्त छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति पनि गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar