काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो ।
भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ । पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिनेछ ।
विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फारम बुझाउनुपर्ने छ ।
आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar