काठमाडौं– मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका– २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेपछि गोठ नै रित्तो गरेको हो ।
‘७७ वटा च्याङ्ग्रा गोठमै मरेका भने ३ वटा घाइते भएका छन् । बाँच्ने अवस्था छैन, स्थानीय छिरिङ गुरुङले भने, साह्रै ठुलो क्षति भयो । ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको रहेछ ।’
स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङका प्रहरी प्रमुख भोज पाण्डेले बताए ।
गोठमा ८० वटा च्याङ्ग्रा थिए । सबैजसो क्षति भएको छ । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar