काठमाडौं– कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटनामा परेको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् ।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको र पाँचै जना घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar