काठमाडौं– तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ ।
हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनका लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि आजकै हाराहारीमा कारोबार हुने अनुमान छ ।
२०७२ सालको भूकम्पअघि तिहारका बेला दैनिक ५० किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको थियो । त्यसपछि भने भूकम्प, कोरोनालगायतका कारण आर्थिक मन्दी हुँदा कारोबार घट्दै गएको छ ।
यस्तै, तिहारमा चाँदीको कारोबार पनि बढेको छ । अहिले दैनिक एक हजार किलो चाँदीको कारोबार भइरहेको छ ।
यसैबीच, आज सुन चाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar