काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पको संकटबारे छलफल गर्न सर्वदलीय बैठकको माग गरेको छ ।
राप्रपाको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठकको माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले राहत वितरणमा आएका गुनासो सम्बोधन हुनुपर्ने, वास्तविक पीडितले राहत पाउनुपर्ने, राहत वितरणमा एकरुपता र निश्पक्षता कायम हुनुपर्ने माग पनि गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar