काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
मितेरीले गत वर्ष १२.३५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar