काठमाडौं – भुकम्पपिडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । सोअन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो । बैंकले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा समन्व्य र सहयोग गर्दै आएको छ ।
बैंकले आगामी दिनमा पनि जाजरकोटस्थित शाखा कार्यालयमार्फत दिर्घकालिन र दीगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको पनि जनाएको छ । बैंकले हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar