काठमाडौं– सेयर बजार आज पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको सेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको सेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज कर्पोरेट विकास बैंकको सेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।
आज ३१ लाख ५७ हजार कित्ता सेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar