काठमाडौं – एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजू–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीका थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गरिरहेको छ ।
यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुती गरेको हुनुपर्नेछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने एनसेलले जनाएको छ ।
यी कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार,र तेश्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
‘उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समुह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,’एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।
प्राप्त सबै भिडियोमध्ये छानिएका भिडियोहरु भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको सहितको निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मुल्यांकन गर्नेछ । यस प्रतियोगिताका विजेताहरु भाइटीकाको दिन घोषणा गरिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar