काठमाडौं– काठमाडौंको धुम्बाराहीबाट जुवा खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोटस्थित टहरामा जुवा खेलिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
जुवा खेलिरहेको भन्ने खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।
उक्त टोलीले ७ जनालाई पक्राउ गरेको हो । घटनास्थलबाट प्रहरीले दुई लाख ९२ हजार, २० हजार रुपैयाँको चेक एउटा र ११ बुक तास बरामद गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar