काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा गएका छन् ।
नेपाली कांग्रेस सचिवालयका अनुसार दुई महामन्त्री भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागी आज विहान त्यस तर्फ लागेका जनाएको छ ।
जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले यसअघि महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको छ ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउने कांग्रेसले जानकारी गराएको छ ।
सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । साथै सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar