काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।
यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् ।
छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् ।
त्यसैगरी, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनिषा चौधरी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar