काठमाडौं– सेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको सेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता सेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर सेयर नौ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar