काठमाडौं– सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुऔषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह–संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।
बोदे बर्साइन नगरपालिका–५ का सह–संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुऔषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताए ।
त्यही आरोपमा बोदे बर्साइन नगरपालिका–५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar