काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्लाको अवलोकनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
भोलि देखि हुन लागेको यूरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज बिहान भूकम्प प्रभावित जिल्लाको अवलोकन र राहत तथा पूर्नस्थापनाको सहयोगका लागि जाजरकोट प्रस्थान गरेका हुन् ।
उनी बिहान १० बजे नेपाली सेनाको एन ए ०६२ ऋब्क्ब् जाहाजमार्फत काठमाडौंबाट सुर्खेत हुँदै प्रभावित जिल्लाका लागि प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेलसँगै नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, जर्नेलहरु मदन केसी, अच्युत्तम भण्डारी, बालमुकुन्द विष्ट सहितका २६ सदस्यीय टोली राहात सामाग्री सहित त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आफुसँगै ६० सय केजी (म्याक्टेस, मण्डी र त्रिपाल लगायतका) सामाग्री सहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar