काठमाडौं– सोलुखुम्बु भ्रमणमा गएका एक इटालियन नागरिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका–६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको ज्यान गएको हो ।
मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौंमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar