काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर चार प्रतिशतले ओरालो लागेको छ ।
आज ३५ लाख ५५ हजार कित्ता सेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar