काठमाडौं – गायक रमण रेग्मीको ‘घर त लगनखेल’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ ।
मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले राम्रो गीत भएका कारण नयाँ पुस्तालाई पनि लक्षित गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको बताए ।
हालै गायक रमनको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतको शब्द रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गरेका हुन् । भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । भिडियोको निर्देशन सुव्रतराज आचार्यले गरेका हुन् ।
लोक शैलीमा तयार पारिएको भिडियो छमछम नचाउने खालको रहेको गीतमा आश्मा र सरोजको रोमान्सलाई देखाइएको छ । भिडियोमा प्रेमी प्रेमिकाबिचको रोमान्टिक दृश्यलाई निर्देशक आचार्यले कलात्मक शैलीमा देखाएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोको सम्पादन विजेश पौडेलको रहेको छ ।
भिडियोको कोरियोग्राफी सन्तोष राजवाहकले गरेका हुन् । भिडियोको निर्माता सबिना कुँवर रेग्मी हुन् । भिडियोको प्रायोजन नेपाली स्वामित्वमा स्थापित अस्ट्रेलियन सिटी इन्टरनेसनल कलेज र होम केयरिङ लिभरपुलले गरेका छन् । भिडियो रमन रेग्मी अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar