काठमाडौं – कुनै समय ‘क्रिप्टो किङ’ अर्थात् क्रिप्टोका राजा भनेर चिनिएका ३१ वर्षीय साम ब्याङ्कम्यान-फ्रिडलाई ११० वर्षसम्म जेल सजाय हुनसक्ने भएको छ ।
पूर्वअर्बपति फ्राइडलाई उनको कम्पनी एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ग्राहक ठगेको दोषी ठहर गर्दै म्यानह्याटनको संघीय अदालतले यस्तो निर्णय गरेको हो ।ब्याङ्कम्यान-फ्रिडको कम्पनी एफटीएक्स र त्यससँग आबद्ध ‘अलमिडा रिसर्च’ले ग्राहकले जम्मा गरेको रकम गैरकानूनी रूपमा प्रयोग गर्दै आएको थियो । त्यसको खुलासापछि कम्पनी बन्द हुनुका साथ ग्राहकले जम्मा गरेको रकम फिर्ता दिन नसकेपछि बैंकरप्ट भएको थियो ।
त्यस्तै एफटीएक्सबाट ब्याङ्कम्यान-फ्रिडले अरबौं डलर चोरेको, कम्पनीलाई डुबाउन सहयोग गरेको लगायतका सात ओटा मुद्दा दायर भएको थियो । त्यसपछि गत डिसेम्बरमा उनी अमेरिकी इतिहासकै ठूलो ठगी आरोपमा पक्राउ परेका थिए । याे घटनाले क्रिप्टोकरेन्सीको जगतमा ठूलै हलचल आएको थियो ।
गत बिहीबार भएको उनको मुद्दाको छलफलमा ब्याङ्कम्यानले एफटीएक्स चलाउन गल्ती गरेको स्वीकार गरे पनि ग्राहकको पैसा चोरेको अस्वीकार गरेका छन् ।
अब उनको सजाय सुनाउने दिन २८ मार्च २०२४ को लागि तोकिएको छ । त्यसपछि भने उनले पाउने अन्तिम सजाय निर्धारण हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar