काठमाडौं– आज सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटनबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालय लघुवित्तको सेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको सेयर सात प्रतिशतले बढेको छ ।
आज ३५ लाख ५८ हजार कित्ता सेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको प्रमोटर सेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar