काठमाडौं– टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नट आउट ५२ रन बनाए । रोहित र गुल्सनबीच ७८ रनको साझेदारी भएको थियो ।
यस्तै कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar