काठमाडौं– गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहतका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar