काठमाडौं– कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुर्नस्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar