काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
धनगढीमा आज विहान आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले राहत रकम सरकारी सहयता दिने बनेको निकायलाई उपलब्ध गराइने बताए ।
जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय भएको हो ।
उनले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिमबाट पठाउने निर्णय पनि भएको बताए । शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।
भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar