काठमाडौं– नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।
राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar