काठमाडौं– नेपाल टी–२० विश्वकपमा छनोट भएको छ ।
आज मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी–२० विश्वकपमा छनोट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो । १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.१ दशमलव ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालको जितमा आसिफ शेख नायक बने । उनले ५१ बलमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले २० बलमा ३५ रन बनाए ।
योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ । अब छनोट खेलको उपाधिका लागि आइतबार ओमान र नेपाल टियु क्रिकेट मैदानमा भिड्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar