काठमाडौं– योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ ।
सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले आज अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो ।
जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए ।
रिगल अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्नेछ । रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए । सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए । उनको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट परेको थियो ।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar