काठमाडौं– भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ ।
भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो ।
यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले बजारमा चिनी अभाव भएको थियो । विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो ।
भारतले ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यहाँ भएको चिनी उपभोगका लागि पर्याप्त नहुँदा बजारमा अभाव भएको थियो । तर अब यो आयातको कोटामा खुलाएको २५ हजार मेट्रिक टनले बजारमा अहिलेलाई गर्जो टर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन् ।
‘अब आन्तरिक बजारमा चिनीको सहज आपुर्ती हुने, मुल्य घट्ने र कालोबजारी अन्त्य हुने अपेक्षा गरेका छौं । बजारमा अब चिनीको कृत्रिम अभाव हुँदैन,’ उनले अन्नपूर्णसँग भने,‘यो कोटाको चिनी आउनासाथ यसले अबको ३ महिना धान्छ । यसपछि नेपालमै चिनी क्रसिङ हुन लागेकाले नयाँ चिनी आन्तरिक बजारमै आउने भएकाले अब बजारमा अभाव हुँदैन।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar