काठमाडौं– लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन आज दिउँसो गोली प्रहार गर्नुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन् । प्रहरीले एक राउण्ड गोली चलाएको हो । लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले बताएको छ ।
झापाको कचनकबल गाउँपालिका– ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । साथै उनीहरूको साथबाट पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको उनले बताए ।
दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar