काठमाडौं– बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
सर्राफको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुको विस्तृत विवरण खुलाएको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सर्राफ परस्त्रीसँगको सम्बन्धमा रहेका थिए । सोही कारण उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar