काठमाडौं– आज सेयर बजार सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको सेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको सेयर झन्डै छ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता सेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर सेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar