काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।
सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ रन जोडे । यस्तै मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।
नेपालका अविनाश बोहराले सर्विधक ३ विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट हात पारे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar