काठमाडौं– झारफुकको नाममा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई पक्राउ गरेको छ ।
बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पु¥याएर झाँक्रीले बलात्कार गरेका थिए ।
सबैला नगरपालिका–११ का ३२ वर्षीय विष्णुदेव ठाकुरले आफु झाँक्री भएको र विरामीलाई निको पार्न सक्ने तर त्यसका लागि मसानघाट जानुपर्ने बताएर महिलालाई मसानघाट लगेर बलात्कार गरेका थिए ।
गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए ।
भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए ।
ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar