काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।
आज कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले पछिल्लो ६ महिनायता ब्याटिङ राम्रो भएको बताए । पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उनको भनाइ छ ।
पौडेलले घरेलु मैदानमा हुने छनोट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए । कुनै पनि टोलीलाई सहजरूपमा नलिएको पनि उनले बताए । सबै खेलाडीले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने कप्तान पौडेलको भनाइ छ ।
त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टोलीले विपक्षीलाई कमजोर मान्न नहुने बताए । नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भोलि सोमवारदेखि आउँदो आइतवार १९ गतेसम्म आयोजना हुँदैछ ।
नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले भोलि सिङ्गापुरसँग कीर्तिपुरमा खेल्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar