काठमाडौं– टी–२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भोलि सिङ्गापुरसँग हुने भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह ए मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह बी मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कप खेल्न पाउने छन् ।
नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar