काठमाडौं– धनुषामा मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत बिहीबार जनकपुरधामको धान खेतमा मृत भेटिएका युवकको लागु औषध सेवन गरी मोबाइलको विषयमा सामान्य विवाद हुँदा उनीहरुले हत्या गरेको खुलेको हो । मृतक धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने रुपेश महरा रहेका छन् ।
गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो । घटनास्थलको अनुसन्धान डग टोलीसहित परिचालन गरी गरिएको थियो ।
तीनै जना लागु औषध सेवन गरेपछि मोबाइलको विषयमा भएको सामान्य विवादको कारण बाँसको भाटा प्रहार गरी दुवै जना साथी मिलेर धान खेतमा फालेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
दुबै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar