काठमाडौं– कुमारी बैंक लिमिटेडले बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैं दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइनेछ ।
क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।
यो सुविधा आगामी कात्तिक ६ देखि कात्तिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।
यसका साथै कुमारी बैंकले बडादसैंको विशेष दिन विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित ‘क्यास ब्याक अफर’सँगै ‘बडादसैं दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १ हजार ४०० जना ग्राहकलाई बैंकद्वारा रु ५० क्यास ब्याक दिइने जनाएको छ ।
क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार रु १०० हुनुपर्ने बैंकले जनाएको छ । दुवै अफरहरु बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागू हुने बैंकले स्पष्ट पारेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar