काठमाडौं– माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको हो ।
यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।
कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar