काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको छ ।
बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar