काठमाडौं– नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल विकेटले ७ विजयी भएको भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले १४ र आसिफ शेखले २३ रन बनाए । कुशल मल्लले ११, कप्तान रोहित पौडेलले ५१ दीपेन्द्रसिंह एरीले ३४ रन बनाए ।
पहिलो इनिङमा युएईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो ।
मुलपानी स्टेडियममा भएको खेलमा युएईका लागि बसिल हामेदले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन बनाए । युएईका लागि अन्य ब्याट्सम्यानहरू अलि नासिरले ३२, मोहम्मद वासिमले १७ तथा आसिफ खानले १५ रन बनाए ।
नेपालका लागि करण केसीले ३ सोमपाल कामी १ गुल्सन झाले २ र अविनाश बोहोराले १ विकेट लिए ।
आज नेपालको टिमबाट सन्दीप लामिछानेको स्थानमा श्याम मौसम ढकालले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।
उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar