काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । आज नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।
आज सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको सेयर साढे दुई सय अङ्कभन्दा धेरैले बढेको छ ।
आज आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो । अरू तीन वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज वीपीडब्ल्यू लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
बजार उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको कारोबार भयो ।
आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता सेयर किनबेच भएका छन् ।
सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar