काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar