काठमाडौं– आज सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।
होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डको सेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको सेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको सेयर साढे ६ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर साढे ८ प्रतिशतले घटेको छ ।
आज ३८ लाख १३ हजार कित्ता सेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar